पोखरामा १९ वर्षीय युवक ड्रग्ससहित पक्राउ
पाेखरा | चैत ६, २०८२
पोखरा । जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो ।

उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए ।
पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको डिएसपी बस्नेतले बताए ।
उनका अनुसार यसअघि गत २ गते पोखरा महानगरपालिका १० रामघाटबाट ८ ग्राम ३ मिलिग्राम ब्राउनसुगरसहित तनहुँ घरभएका पोखरा १० रामघाट बस्ने वर्ष २० को शिव गिरीलाई पक्राउ गरिसकेको छ ।
उनी विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

